
बीरगन्ज,२६ फागुन । प्रधानमन्त्री शेर बहादुर देउवा आज बीरगन्ज आएका छन् ।
नेपाल घरेलु तथा साना उद्योग महासंघको २५ औँ राष्ट्रिय महाधिवेशन तथा २२ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको उद्घाटन गर्न देउवा आज बीरगन्ज आएका हुन् ।
पर्सा जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहका लागि देउवा पर्सा पुगेका हुन् ।
फागुन २० गते भएको जिल्ला अधिवेशनबाट जनार्दनसिंह क्षेत्री सभापतिमा निर्वाचित भएका थिए ।
यस्तै उपसभापतिमा रामनारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका थिए भने सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका थिए । सह–सचिवमा नविन सिंह र मदन राउत अहिर निर्वाचित भएका थिए ।
नगर सभागृहमा हुने महाधिवेशनअघि देउवाको बीरगन्जस्थित लर्डस् दियालोमा कार्यकता भेटघाट तथा प्रमाण पत्र वितरण कार्यक्रम रहेको छ ।