![](https://birgunjrealestate.com/wp-content/uploads/2022/06/066530A0B0ACE5B-888-final.jpg)
– फोहोर व्यवस्थापन, डिजिटल सरकार, आइडिया बैंक, शिक्षा–स्वास्थ्य सुधार, खुला हरियाली ठाउँ निर्माणदेखि भष्ट्राचार विरोधी अभियानसम्म
काठमाडौं महानगरपालिकामा मेयरको स्वतन्त्र उम्मेदवार बालेन शाहले परम्परागत ठूला पार्टी नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारलाई पछाडि पार्दै अग्रता लिइरहेका छन् ।
सुरुदेखि नै निरन्तर अग्रता लिइरहेका बालेनले नेवार वस्ती भएका कोर सिटीका मतदाताको पनि भोट पाएमा काठमाडौंको मेयर हुने सम्भवना छ । उनी काठमाडौं महानगरमा स्वतन्त्र उम्मेदवारबाट मेयर बन्ने पहिलो व्यक्ति पनि हुनेछन् ।
परम्परागत पार्टीका नेवार उम्मेदवारले मात्रै जित्दै आइरहेको महानगरमा अहिले किन मतदाताले मधेसी समुदायको स्वतन्त्र उम्मेदवारलाई विश्वास गरिरहेका छन् त ?
पुराना पार्टीका जनप्रतिनिधिले आफ्नो प्रतिवद्धता अनुसार काम नगरेको हुँदा काठमाडौंका मतदाताले नयाँ अनुहार खोजेको पनि हुन सक्छ । नयाँ अनुहारकै कारण मात्र बालेनले पक्कै मतदाताको विश्वास जितेका होइनन्, उनले सार्वजनिक गरेको प्रतिवद्धतापत्रले पनि काठमाडौंका धेरै मतदाताको विश्वास जितेका छन् ।
उनको चुनावी घोषणापत्रमा मेट्रोरेल, माेनोरेल, फ्लाइ ओभर, केवलकारजस्ता महत्वाकांक्षी योजनाहरुको फेहरिस्त छैन् । काठमाडौंमा ५ बर्षको अवधिमा सहजै व्यवस्थापन गर्न सकिने फोहोर व्यवस्थापन, प्रदुषण नियन्त्रण, डिजिटल सरकार, खुला र हरियाली ठाउँको व्यवस्था, शिक्षा र स्वास्थ्य सुधार, यातायात व्यवस्थापन, पानी–ढलको व्यवस्थापन, सफा हराभरा नदिलगायत मुद्दाहरुलाइए उनले अगाडि सारेका छन्, जसलाई काठमाडौंका मतदाताले मन पराइदिएको प्रष्ट हुँदै गइरहेको छ ।
यस्तो छ २८ बुदे घोषणापत्र