
रौतहट,१७ फागुन – रौतहटको मौलापुर नगरपालिकामा लागेको मधानी मेलामा तनावको बिच भारत र नेपालका चर्चित कलाकारले प्रस्तुती दिएका छन् । नेकपा एमालेका नेता प्रभु साहको उपस्थितीमा शुरु भएको भएको मेलाको सास्कृतिक कार्यक्रममा दर्शकहरु बिच कुटाकुट र ढुङ्गा हानाहान भए पछि केही बेर कार्यक्रम स्थलमा तानव उत्पन्न भएको थियो । दर्शकहरुको भिड नियन्त्रण गर्न प्रहरी तथा सुरक्षाकर्मीहरुलाई हम्मेहमे भएको थियो । दर्शकहरु बिच तनाव उत्पन भए पनि स्टेजबाटै भारत बिहारका चर्चित भोजपुरी गायक केसारीलालले शान्ति बनाई राख्न अपिल गरी रहेका थिए । अवस्था उग्र भए पनि उनले यसरी गरे नेपालमै भारतिय कलाकार नआउने भन्दै दर्शकहरुलाई शान्त रहन अनुरोध गरेका थिए ।

कार्यक्रममा नेपालका महानायक राजेश हमाल सहित भरतका चर्चित नायक तथा गायक खेसारीलाल यादव,भाजपुरी अभिनेत्री रानी चटर्जी, टिकटक स्टार प्रिती आर्या, सुनिल पंडित लगायतले आ आफ्नो प्रस्तुती दिएका थिए । कार्यक्रम स्थलमा दर्शकको भिड यती रहेको थियो कि थुपै दर्शकहरु कार्यक्रम स्थलमा पुग्नै सकेन् । भने कतिपयले एलइडी एवं अनलाइनमै कार्यक्रम हेरेर चित बुझाएका थिए ।
तामझामका साथ कार्यक्रमको उद्घाटन गरिएको थियो ।
समापन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाका नेता प्रभु साहले कार्यक्रम सफल बनाइ दिएको भन्दै सम्पुर्ण स्थानियवासी,कलाकार एवं दर्शकहरुलाई धन्यवाद दिएका थिए । दिउँसो १ बजे पछि शुरु भएको कार्यक्रम बेलुका ५ बजे सम्म चलेको थियो । मेला समितिले आज राती मौलापुर मन्दिर परिसर नजिकै रहेको कार्यक्रम स्थलमा धार्मिक प्रबचनको आयोजना हुने जानकारी दिएको छ । मन्दिरको विकास एवं पयर्टन प्रबद्धनको लागि भन्दै मौलापुर नगरपालिकाले हरेक बर्ष भारत र नेपालको चर्चित कलाकारहरुलाई मधानी मेलाको अवसरमा बोलाउँदै आएको छ ।