![](https://birgunjrealestate.com/wp-content/uploads/2022/02/Untitled-1-copy.jpg)
वीरगंज । वीरगंज महानगरपालिकाको १२ नः वार्ड मुड्ली टोलमा करोडौँको जुवा खाल संचालन भइरहेको स्थानियले जानकारी दिएका छन ।प्रहरी समाजमा शान्ति सुरक्षा कायम गर्ने र सामाजिक विकृतिविरुद्ध सक्रिय रहने सरकारी जनशक्ति हो । प्रहरीको काम कानून विपरित कार्य गर्ने र गराउनेलाई कारवाहीको दायरामा ल्याउनु पनि हो । सामाजिक शान्ति सुरक्षा र सभ्य समाज निर्माणमा खट्नुपर्ने प्रहरी नै गलत बाटोमा लागेपछि त्यसको परिणाम कस्तो आउला ? गलत काम गर्नेहरुका लागि यो काम मनमनै जायज लाग्न सक्ला । तर, सभ्य र सामाजिक हितका लागि सोच्ने मान्छेका लागि भन्ने यो कुरा पाच्य हुँदैन ।अहिले जिल्लाका दुवै एसपी ,सिडियो र प्रदेश प्रहरी सम्मकै संरक्षणमा मिनी क्यासिनोझै जुवा अखडा चलेकका छन् । आफूलाई सुशासनयुक्त र पारदर्शीको बिल्ला लगाउँने प्रहरी नै अहिले जुवा खालको संरक्षणक बन्दै मासिक लाखौं रकम असुलीमा सक्रिय छन् ।नाम गोप्य राखिदिने शर्तमा एक जना स्थानियले जुवा खेलाउने शँकर ओझा , राजेन्द्र साह कानु , रबिन्द्र महतो कोईरी उर्फ रामेश्वर महतो कोईरी , अलौ घर भएका शँकर साह , मुर्लिका वडा अध्यक्ष रामदश महतोको नेतृत्वमा करोडौँको जुवाको खाल संचालनमा आएको खुलासा गरे ।दैनिक दुई करोड सम्मको हारजीत हुने गरेको छ। बृज किशोर उर्फ बच्चु साहको घरमा उक्त जुवा हुदै आएको छ। जुवा खेलाउन घर भांडामा दिए बापत बच्चु साहलाई दुई लाख पचास हजार जुवा खेलाउनेहरूले दिदै आएका छन्।जुवा खेल्न धनुषा , सर्लाही , बारा , हेटौंडा देखि मात्र नभएर भारतबाट समेत थुप्रै जुवाडेहरू आउने गर्छन् । जुवाडेहरूका लागि रक्सी र मासुका परिकार इच्छा अनुसार त्यही उपलब्ध हुने गर्दछ। स्थानीयले भने अनुसार यहाकाे जुवा संचालनमा स्थानीय गुण्डा देखि नेताको पनि संरक्षण रहेको छ।
उनले यि सबै जुवाडेहरु जुवा-तास खेलाएर विकृति फैलाएको, जुवा-तास खेलाएरै अकुत सम्पत्ती रातारात कमाएको र यिनिहरुका कारण धेरै परिवार सडकमा आएको बताए ।
जिल्लाका दुबै एसपी ,सिडियो र प्रदेशका डिआईजी सम्मको सेट्टिंगमा भइरहेको क्यासिनोझै जुवाखाल चलाईरहेको विभिन्न सञ्चारमाध्यमहरुमा समाचार र भिडियो पनि उजागर भए पनि कुनै किसिमको रोक नलगाई बरु चौबीसै घण्टा हुने उक्त जुवाखाल आजकल रातिको ७ बजे देखि बिहान ५ बजे सम्म संचालनमा रहेका त्यहा स्थानियहरु बताउँछन ।
उक्त जुवा खेल्न आएका जुवाडेहरु रक्शी खाई जुवा खेल्ने र रातभरी हुहल्ला गर्ने जस्ता क्रियाकलापबाट आफूहरुको निन्दहराम भएका स्थानिय गुनासो गरेका छन। क्यासिनो चलिरहेको भिडियो समाजिक संजालमा सर्बजनिक हुदा जिल्ला देखि प्रदेश सम्म पनि खैलाबैला मच्च्चिएको छ ।
जुवाको अड्डा संचालनमा एक शेयर रहेका पाटर्नरले प्रहरीदेखि सबै निकायहरुलाई मिलाएर जुवा अड्डा संचालन गरेको छु, त्यसैले मिडियाहरुमा समाचार आएपनि हाम्रो जुवाको अड्डा बन्द नहुने बताउँदै हिडेका छन्। उक्त जुवाको खाल संचालन गरेको व्यक्तिहरुले एक जनाबाट हजारौं रुपैयाँको बोर्ड काटी दिनहुँ लाखौं रुपैयाँ असुली गरि प्रहरीहरुको भागमा ५० प्रतिशतसम्म बुझाउने गरेको एकजना स्थानीयले बताए ।
जिल्लाका दुबै एसपी र प्रदेशको डिआइजी र सिडिओकाे लागि भनेर ८० लाख मासिक दिने गरि जुवा खेलाउने मौखिक लाइसेन्स लिएको समेत संचालकहरूले खुलेयाम बताउने गर्छन् ।