कृषिको नाममा ९० प्रतिशत दलालले लोन लिएका छन ः सांसद यादव
On २२ माघ २०७८, शनिबार १७:४२
पर्सा क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य माननिय प्रदिप यादबले कृषिको नाममा ९० प्रतिशत दलालले लोन लिएको आरोप लगाउनु भएको छ । कृषि लोन दलाललाई सजिलै पाउने तर तर वास्तबिक किसानलाई लोन नपाउने समेत आरोप लगाए ।
आजको दिनमा बैकमा भन्दा सहकारी सस्थामा ऋण लिन सहज रहेको भन्दै बैंकमा पहुच नहुनेहरुको लागि सहकारी कमजोर बर्गको लागि फलदायक साबित भएको भन्दै सहकारी सस्थाले हरेक बर्ष आफ्नो काम कारोवारको आयव्यय पारदर्सि रुपमा शेयर होल्डर बीच साधारणसभामा सार्वजनिक गर्ने गरेको तर अरु बैंकले अहिलेसम्म नगरेको ठोकुवा गर्नु भएको थियो ।
श्रीगणेश बचत तथा ऋण सहकारी सस्था लि। बिरगंजको आज १३ औं बार्षिक साधारणसभाको प्रमुख अतिथि समेत रहनु भएको यादबले मधेस प्रदेशमा अहिले सम्म पनि सहकारी ऎन लागु हुन नसकेकोको चिन्ता व्यक्त गर्नु हुदै चाडैं यसलाई लागु गर्ने बिश्वास दिलाउदै उद्योग व्यापारीहरुको हितको लागि आफुले सन्सदमा सधै आवाज उठाउदै आएको र आवस्यक परे धर्नामा समेत बस्न तयार रहेको तपाई कै माया र आशीर्वादले आफु यो ठाउमा पुगेको हुदा सधैं तपाईको हरेक मुद्दामा आफु आवाज उठाउने बताए ।
श्री गणेश बचत तथा ऋण सहकारी सस्था लि। का अध्यक्ष अशोक टेमानिले २०७७र७८ को आर्थिक आयव्यय प्रस्तुत गर्नु भएको थियो ।सो कार्यक्रममा बिन्दवासनि शाखाबाट उत्कृष्ट ग्राहकको रुपमा कुलचन्द प्र। कुसवाह , गजेन्द्र प्र। गुप्ता , प्रिन्स कुमार गुप्ता , उमेश कुमार गुप्ता , बिगा राय र ओमप्रकाश कलावारलाई दोसल्ला र सम्मानपत्रद्वारा सम्मान गरिएको थियो भने माईस्थानशाखाबाट उत्कृष्ट ग्राहकको रुपमा प्रमोद कुमार शर्मा , सन्जु नेवा, बिनोद प्र । चौरसिया , मोहपतिया देबि अहिरिन र प्रमोद प्र। पाठकलाई सम्मान गरेको थियो ।
त्यसैगरि श्रीपुर शाखाबाट उत्कृष्ट ग्राहकको रुपमा सम्मानित हुनेमा राजकुमारि सिंह , कैलाश कुमार टिबडेवाल , कृतिका कुमारी दाहाल , र भेषनाथ प्र यादबलाई सम्मान गरेको थियो ।
सो कार्यक्रममा बिशिस्ट अतिथि संविधान सभा सदस्य आत्माराम साह , बिरगंज उद्योग वाणिज्य महासंघ प्रदेश न।२ का अध्यक्ष गणेश लाठ , बिरगंज महानगर पालिकाका आर्थिक बिकाश महाशाखा प्रमुख राम दयाल प्रसाद यादव , केन्द्रिय सहकारी सस्था लि।का अध्यक्ष हरेराम पटेल , जिल्ला सहकारी सस्था लि।का अध्यक्ष राजेश पडित , बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष डा। सुबोध गुप्ताले छोटो अवधिमा बढी मुनाफा कमाउन सफल रहेको भन्दै आगामि दिन अझै प्रगति होस भन्दै सुभ कामना व्यक्त गरेका थिए ।
बिरगंज उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष गोपाल केडिया, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल , श्याम पोखरेल , सस्थाका कानुन सल्लाहकार बिनय सिंह , उपभोक्ता हित संरक्षण मञ्च बिरगंज महानगर पालिका अध्यक्ष अजित भुजेल लगायत सस्थाका सन्चालक समितिका पदाधिकारीहरु , शेयर होल्डर र कर्मचारीहरुको उपस्थिति रहेको थियो ।